जनकपुरमा २ भारतीयसहित ४ पक्राउ, प्रहरीको गोली लागी १ घाइते

जनकपुरधामः प्रहरीले एक पसलमा डकैती गर्दै गरेको अवस्थामा बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गोली हानेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गोली लागी १ घाइते भएका छन् ।

प्रहरी उपरीक्षक शेखर खनालले जनकपुर २ स्थित जानकी फर्निसिङमा डकैती गर्दै गरेको बेला ४ डाँका पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिए। प्रहरी उपरीक्षक खनालका अनुसार पक्राउ पर्नेमा भारत विहारका ४० वर्षीय मोहम्मद ईलियास, ३९ वर्षीय ओजिर अन्सारी, रौतहटका ३५ वर्षीय गगन पटेल र ४५ वर्षीय विनोदप्रसाद सिंह छन्। प्रहरीले चलाएको गोली विनोदप्रसाद सिंहको खुट्टामा लागेको छ। सिंहको उपचार जनकपुर अञ्चल अस्पतालमा हुँदैछ।

बिहीबार बिहान घटनास्थल पुगेको प्रहरी देखेपछि उनीहरुले पेस्तोल देखाउँदै भाग्न खोज्दा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो। हवाई फायर गर्दा पनि भाग्न नछाडेपछि गोली चलाउनु परेको एसपी खनालले जानकारी दिए। उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल तथा २ राउण्ड गोली, ताल्चा काट्न प्रयोग हुने कटर, मोबाइल लगायत सामान बरामद भएको छ।

एसपी खनालले जिल्लामा दसैं-तिहार-छठ पर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अनुसार ४ सय ८५ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com