काठमाडौं,८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्ण प्रसाद गैरे समुहको जीत भएको छ । असोज ७ गते मङ्गलबार भएको संघको २७ औं साधारण सभाले २ वर्षकालागि गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम नेपाली काँग्रेस निकट संस्था हो । निर्वाचनमा फोरम समुहका १० सदस्य सहित ७ पदाधिकारी बिजय भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल वैदेशिक रोजगार व्यवसायी संयुक्त समुहका तर्फबाट अध्यक्ष सरोज कुमार पोखरेलको नेतृत्वमा १७ सदस्यीय उम्मेद्वारी रहे पनि पोखरेलको समुहबाट कुनै उम्मेद्वार बिजय भएनन् ।
संघको मङ्गलबार सम्पन्न निर्वाचनमा कुल मतदाता संख्य ६५० रहे पनि ६१९ मत खसेको थियो । अध्यक्ष पदमा निर्वाचित विष्णु प्रसाद गैरेले ३३० मत प्राप्त गरी बिजय भए भने उनका प्रतिद्वन्दी सरोज कुमार पोखरेलले २८३ मत प्राप्त गरेका थिए । त्यसै गरी प्रथम उपाध्यक्ष कमल तामाङले ३८१ मत प्राप्त गरी बिजय हासिल गरे भने उनका प्रतिद्वन्दी हरि बहादुर पाण्डे क्षेत्रीले २३० मत प्राप्त गरेका थिए । द्वितीय उपाध्यक्षमा कमलदेव मल्लले ३२२ मत प्राप्त गरी बिजयी भएका थिए भने उनका प्रतिद्वन्दी मुक्तिनाथ अधिकारीले २८७ मत प्राप्त गरे । तृतीय उपाध्यक्ष किशोर कुमार के.सी.ले ३६० मत प्राप्त गरी बिजय हासिल गरे भने उनका प्रतिद्वन्दी अख्तर हुसेनले २४४ मत प्राप्त गरेका थिए ।
त्यसै गरी महासचिवमा फोरमका तर्फबाट सुजित श्रेष्ठले ३८८ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्दी रामचन्द्र गिरीलाई भारी मतले पराजय गरेका थिए । गिरीले २२३ मत प्राप्त गरेका थिए । सचिव मेघनाथ भुर्तेलले ३३३ मत प्राप्त गरी बिजय भएका छन भने उनका प्रतिद्वन्दी सन्जु गुरुङ्गले २७३ मत प्राप्त गरेका थिए । कोषध्यक्षमा ईन्दिरा गुरुङ्गले ३६७ मत प्राप्त गरी बिजय भइन भने प्रतिद्वन्दी तेजुमाया लिम्बुले २३८ मत प्राप्त गरेकी थिइन ।
फोरमको तर्फबाट बीजयी सदस्यहरुमा कर्णराज कटुवाल,दिनेश कुमार राय (राहुल),सुरेन्द्र अर्याल,हर्क बहादुर लिम्बु,बिजय लामा,बाबुलाल मगर नरेन्द्र,केशवराज न्यौपाने,छविलाल भट्टराई,जंग बहादुर ईजम र लक्ष्मण पौडेल रहेका छन् ।
अध्यक्ष विष्णु प्रसाद गैरेले आफ्नो र आफ्नो समुहको जीतलाई आम व्यवसायीको जीत,साझा जीत भएको भन्दै आफ्नो टीमले सम्पूर्ण व्यवसायीहरुको हितमा काम गर्ने मिथिला टिभी सँगको कुराकानीमा बताउनु भयो । सम्पूर्ण व्यवसायीहरुको सुझाबलाई सिरोधार्य गरेरे आफु अगाडि बढ्ने उल्लेख गर्दै गैरेले वैदेशिक रोजगार व्यवसायमा भएका चुनौतीहरुलाई समाधान गर्ने गरी आगाडि बढ्ने जानकारी दिनुभयो । कामदार र व्यवसायीको हित प्रमुख मुद्दा रहेको उल्लेख गर्दै उहाँले सम्पूर्ण बचनबद्धता पुरा गर्ने र आफ्नो कार्यसमिती सम्पूर्ण व्यवसायीहरुको साझा कार्य समिति रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल वैदेशिक रोजगार व्यवसायी संयुक्त समुहका पराजित अध्यक्ष सारोज कुमार पोखरेलले आफ्नो समुहको पराजय स्वीकार गर्दै वर्तमान कार्यसमितिले वैदेशिक रोजगार व्यवसायी संघलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसक्ने दाबी गर्दै कार्य समिति प्रति आफुहरुको भरोसा नरहेको बताउनु भयो ।

English
MTV NEPAL MTVNEPAL


