दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताए । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमीनको खोजीमा छौँ”, नगरप्रमुख खरेलले भने । पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com