गत अक्टोबरमा साउदि अरबले नागरीकता दिएको पहिलो मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् ।
उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो ।
काठमाडौंमा मंगलबार हुने एक सम्मेलनमा सहभागी हुन सोफिया आज बेलुका नेपाल आउँदै छिन्। यूएनडीपीसहित अन्य साझेदारको आयोजनामा हुने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तव्य दिने छिन्। उनी आज बेलुका आइपुग्ने छिन्।
हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले यसलाई निर्माण गरेको हो। उनले गुगल क्रोम भ्वाइस रिकगिनसनमार्फत उत्तर दिने गर्छिन्।

English
MTV NEPAL MTVNEPAL


