अब नेपाल आईडलका विजेताले गाडि पाउँदैनन् दोस्रो संस्करणको नेपाल आईडल भोलिबाट अडिसन सुरु

आफ्नो पहिलो संस्करणमा गाडि पुरस्कार राखेर झमेला खेपेको नेपाल आईडलले दोस्रो संस्करण बाट पुरस्कारमा गाडि नदिने घोषणा गरेको छ ।
गाडिको सट्टामा अब बन्ने आईडलले ५० लाख नगद पाउनेछन् ।


यद्यपि पहिलो संस्करणमा नेपाल आईडलको पुरस्कार राशि २० लाख नगद सहित महेन्द्रा केयूभी १०० गाडि थियो ।

गाडि पाएपछि कर तिर्ने सम्बन्धमा पहिलो नेपाल आईडल बनेका बुद्ध लामा अहिले निकै विवादमा छन् । सरकारलाई तिर्नुपर्ने २५% आकस्मिक लाभ कर नतिर्दा उनले अहिलेसम्म गाडीको ब्लु बुक पाएका छैनन् ।

यो झमेला बाट पछि हट्दै नेपाल आईडलको सिजन २ मा गाडि नदिएर विजेतालाई थप ३० लाख नगद दिईने भएको हो ।


यस्तै आईडलको पहिलो संस्करणमा निकै विवादमा परेका तिन जजहरु नै सिजन दुईमा पनि निर्णायक भुमिकामा देखिने भएका छन् ।
जजहरु न्हृयु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाको निर्णय र विश्लेषण क्षमताको प्रशंसा गर्दै उनिहरुलाई नै निर्णयको जिम्मा लगाईएको छ ।
निर्णयको आधार फरक
पुरानै जजहरु भएपनि कार्यक्रमका होस्ट भने फेरिएका छन् । यसअघि सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा सुशीलको ठाउँमा नायक तथा टेलिभिजन प्रस्तोता आसिफ शाहलाई लिइएको छ । त्यसो त सुशील अर्को सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपालका लागि अनुबन्ध भएका छन् । यस पटकको नेपाल आइडलमा ठूलो नीतिगत परिवर्तन गरिएको छ । नेपाल आइडलको आधिकारिक फेसबुक पेजमा जनाइएअनुसार अब निर्णायक र दर्शकको भोटलाई ५०÷५० प्रतिशत भार दिइनेछ ।

सक्षम, प्रतिभावान र यसको गरिमा कायम राख्न सक्ने व्यक्तिमात्र विजेता बन्नुपर्छ भन्ने उद्देश्यले फ्रेन्चाइजको नियमभित्रै रहेर यो निर्णय लिइएको एपी १ टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए ।

दोस्रो संस्करणको अडिसनः भोलिबाट

दोस्रो सिजनका लागी मंगलबारबाट अडिसन सुरु हुदैंछ । भैरहवाको जेसिज किन्डर गार्डेन हाइस्कुलमा अडिसन लिइने छ । त्यसपछि क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा अडिसन हुनेछन् ।
विशेष क्षमता भएका प्रतियोगीहरुलाई गोल्डेन माइक पनि दिइने छ । उनीहरु अडिसनपछि सोझै टप २४ मा जान सक्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com