एफए कप सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्ने भएको छ ।
इंग्लिस फुटबल प्रतियोगिताको खेलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्पटनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो ।
ड्र कार्यक्रमकी उद्घोषक लेन्सी हिपग्रेभले सेमिफाइनलका प्रतिद्धन्द्धीको नाम उल्टो बताएपछि उपस्थित सबै अचम्ममा परेका थिए । यस विषयमा उनले ट्विटरमा माफी मागिसकेकि छिन् ।

English
MTV NEPAL MTVNEPAL


