मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको कामले तिव्रता लिएको छ । नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् ।
बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
२०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ ।
१४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल नेपालकै नमूना हुने निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनिले असार मसान्तसम्ममा काम सम्पन्न हुने जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


