रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा पुटिन धेरै मतअन्तरले विजयी भएका हुन् । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।

English
MTV NEPAL MTVNEPAL


