पुननिर्माणमा रहेका तीन लाख भन्दा बढी घर भूकम्प प्रभावित दोस्रो किस्ताका लागि योग्य भएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ ।
प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि डेढ लाख रुपैयाँ लिन सक्छन् । ३ लाख १४ हजार १ सय २४ जना लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् ।
दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीमा सबैभन्दा धेरै सिन्धुपाल्चोकका छन् । सिन्धुपाल्चोकका ५१ हजार ९ जना भूकम्प प्रभावित लाभग्राहीले अब दोस्रो किस्ता पाउनेछन् ।
त्यसैगरी, नुवाकोटका ४१ हजार ७ सय ९४, गोरखाका ३६ हजार ८ सय ६५, दोलखाका ३४ हजार २८ जना, धादिङका ३१ हजार ९ सय ३७ जना, काभ्रेपाल्चोकका २३ हजार ९ सय ४५ लाभग्राहीले पनि दोस्रो किस्ता पाउनेछन् ।
पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् ।
भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ता वापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्तामा १ लाख रुपैयाँ पाउँनेछन् ।

English
MTV NEPAL MTVNEPAL


