आईसीसी विश्वकप क्वालीफायर अन्तर्गत नेपालले आफ्नो पहिलो खेल जिम्बाबेसँग खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । नेपालका लागी बसन्त रेग्मीले २ सन्दिप लामिछाने र ललित राजबंशीले १—१ विकेट लिए । त्यस्तै सोमपाल कामीले लगातार २ विकेट लिए ।
आक्रमक सुरुवात गरेको जिम्बावेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनायो । सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ४१ रनमा आउट गरे । उनले २३ बलमा ४१ रन जोडे। ८ ओभरको पहिलो बलमा उनी आउट हुनुअघि जिम्बावेले ७७ रन जोडेको थियो ।
हामिल्टन मासाकाट्जालाई बसन्त रेग्मीले १७ रनमा आउट गरेपछि नेपाललाई राहत मिलेको थियो । लगत्तै बसन्तले महत्वपूर्ण विकेट लिने क्रममा ओपनर सोलोमन मिरेलाई आउट गरे । उनले ५२ रन जोडे । ब्रेन्डन टेलर १ सय र सिकन्दर राजा १ सय २३ रन बनाएर आउट भए । दुबैलाई सोमपाल कामीले आउट गरेका हुन् ।
नेपालले केही बेरपछि ब्याटिङ गर्ने छ

English
MTV NEPAL MTVNEPAL


