रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् । सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गरिनुपर्ने र थरुहटका माग सम्बोधन गरिनुपर्ने माग गर्दै अनशन सुरु गरेको जनाइको छ । उक्त घटनाको अभियोगमा २४ जना कैलाली करागारमा छन् भने, दुई जना नाबालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com