राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका निर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित राष्ट्रियसभाको सभाहलमा शपथ गराएकी हुन् । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य भट्टलाई शपथ गराएकी थिइन् ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । यस लगत्तै सांसदहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भएका छन् ।

५६ सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । सरकारको शिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना राष्ट्रिय सभाका सांसदे भने आज शपथ ग्रहण गर्न पाएनन् । सर्वोच्च अदालतले उनीहरुको शपग्रहणमा रोक लगाएको थियो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com