पूर्वी गूतामा बमबारी जारी रहँदा निवासीहरू पलायन

— सिरियामा विद्रोहीहरूको कब्जामा रहेको पूर्वी गूताबाट निवासीहरू भागेको खबर आएको छ । त्यहाँको परिस्थिति अत्यन्तै नाजुक भएको बताइएको छ ।

सिरियाली सेनाले यो क्षेत्रलाई पुनः नियन्त्रणमा लिनका लागि विभिन्न मोर्चामा दबाब बढाइरहेको देखिन्छ ।

सरकारी बलले उक्त क्षेत्रको १० प्रतिशत भाग नियन्त्रणमा लिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसन्धानकर्ताहरूले बताए ।

आइतवार उक्त क्षेत्रमा जाने योजना बनाएको संयुक्त राष्ट्रसंघीय सहायता टोली त्यहाँ पस्न सकेन ।

उक्त क्षेत्रमा तीन लाख ९३ हजार मानिसहरू फसेको बताइएको छ ।

रुसीहरूले आदेश दिएको पाँचघण्टे युद्धविराम अनि राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामले समेत उक्त क्षेत्रमा मानवीय राहत दिलाउन सकेको छैन ।

धेरैजसो महिला र बालबालिकासहितका निवासीहरू आश्रयको खोजीमा गूताको केन्द्रीय भागतिर भागेको बताइएको छ । बेइत सावा क्षेत्रमा सरकारी बल र जैश अल–इस्लामबीचको लडाईं चर्केको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com