ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ५० करोड नाघेको छ ।
एक तथ्यांकका अनुसार ह्वाट्सएपमा दैनिक ५० अर्ब म्यासेज आदान प्रदान हुने गरेको पुष्टि भएको हो ।
गत जुलाईको तथ्यांक अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड थियो ।
टेकक्रन्च वेबसाइटका अनुसार स्न्याच्याटका १७ करोड ८० लाख प्रयोगकर्ताको तुलनामा इन्स्टाग्राम स्टोरिज तथा ह्वाट्सएप फिचरको दैनिक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ता ३० करोड भन्दा बढि पुगेका छन् ।
फेसबुकले सन् २०१४ को फेब्रुअरी १९ मा ह्वाट्सएप खरीद गरेको थियो । त्यसबेला ह्वाट्सएप खरीद गर्न फेसबुकले १९ अर्ब डलर खर्चिएको थियो । त्यसबेला ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ता ४५ करोड थिए ।
प्रयोगकर्ताको संख्या निकै उच्चदरमा बढेसँगै अब फेसबुकले ह्वाट्सएपलाई रकम आर्जन माध्यम पनि बनाउन चाहन्छ । यसका लागि उसले ह्वाट्सएपको बिजनेस एप हालै सार्वजनिक गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


