बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २६ । इङ्गलिस लिग कप फुटबल सेमिफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।
घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी २–१ को माथि संघर्षपूर्ण जित निकालेको हो ।
सिटीलाई विजयी गराउन अर्जेन्टाईनी स्ट्राईकर सर्जीयो अगुएरोले ईन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।
यसअघि खेलको ४४ औं मिनेटमा ब्रिस्टोलका बबी रिडले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर ५५ औँ मिनेटमा केविन डि ब्राउनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । निर्धा्रित समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा सर्जियो अग्युरोले सुन्दर गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।
म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको ब्रिस्टोल सिटीले सेमिफाइनलको पहिलो लेगमा अर्को म्यानचेस्टर क्लबलाई पनि कडा चुनौती दिएको हो । म्यानचेस्टर सिटी र ब्रिस्टोल सिटीबीच लिग कप फुटबलको सेमिफाइनल दोस्रो लेगको खेल यही जनवरी २३ तारिखमा ब्रिस्टोल सिटीको मैदान एस्टन गेटमा हुनेछ ।
लिग कप फुटबल सेमिफाइनलको अर्को खेलमा आज राति चेल्सी र आर्सनल भिड््नेछन् ।

English
MTV NEPAL MTVNEPAL


