एप्पलको सञ्चालक समितिले बाध्यकारी निर्देशन दिएपछि आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ््नुपर्ने भएको छ ।
एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइडरले जनाएको छ । बोर्डको निर्देशन छ कि अब उनले कार्यालय प्रयोजनमा मात्र नभई निजी काम वा घुमघामका लागि निस्कँदासमेत निजी विमान नै प्रयोग गर्नुपर्ने छ ।
एप्पल बोर्डले कार्यदक्षता बढाउन र आफ्नो सीइओको सुरक्षाका लागि पनि यस्तो निर्णय गरिएको जनाएको छ ।
कम्पनीका अनुसार कुकले अघिल्लो वर्ष व्यक्तिगत यात्रामा ९३ हजार १ सय १९ अमेरिकी डलर खर्च गरे । त्यस्तै सन् २०१७ मै उनले व्यक्तिगत सुरक्षामा २ लाख २४ हजार २ सय १६ अमेरिकी डलर खर्चेको बीबीसीले जनाएको छ ।
सन् २०१७ मा कुकको तलब ३० लाख डलर थियो भने बोनसबापट ९३ लाख डलर र सेयरबापत थप ८ करोड ९० लाख डलर प्राप्त गरेका थिए ।
निजी विमानमा यात्रा गर्नु निकै महँगो हुने गर्छ । जसले गर्दा अमेरिकाका धेरै धनाढ््यहरु पनि निजी विमानमा यात्रा गर्न मन पराउँदैनन् ।

English
MTV NEPAL MTVNEPAL


