बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २६ । पाकिस्तान र युएईको संयुक्त आयोजना रहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा हुनेछन्।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो ।
प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।

English
MTV NEPAL MTVNEPAL


