यू–१५ को खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुने

 बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा  नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ ।  पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रँदैछ । तर, आयोजक बंगलादेशसँग ६ – ० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ ।

भारतले आइतबार भएको पहिलो खेलमा भुटानलाई ३ – ० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ । पहिलो खेलमा पराजित भएपनि बलियो भारतविरुद्ध मैदान उत्रदा नेपालले फरक रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताएकी छिन् । प्रशिक्षक गुरुङले नेपालको मिडफिल्डमा देखिएको समन्वय अभावलाई सुधार गरिरहेको र कमजोर देखिएको डिफेन्सलाई समेत मजबुद बनाएर मैदान उत्रने जानकारी दिइन्  ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com