१ पौष । नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले हराउदै फाईनल यात्रा तय गरेको हो । झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा झारीएको खेलमा आठ विकेट गुमाउदै एक सय २७ रन बनायो । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुदा दोस्रो विकेट झरयो । विशालविक्रम केसी १५ रनमा आउट हुन पुगे । लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो ।
राजन मगर ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किए । नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाँच विकेट गुमायो । म्यानमार विरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे । त्यसपछि नारायण जोशी र सुनिल भण्डारीले नेपालका लागि समान १७–१७ रनको योगदान गरे भने प्रतिश जिसी २५ रन बनाए । जवाफमा मलेसिया २१ ओभर एक बलमा मात्र ५५ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङ सामु मलेसियाले राम्रो सुरुवात गर्न सकेन ।
६ रन हुदा पहिलो विकेट गुमाएको मलेसियाले २६ रन बनाउदा पाच विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले अरु १० रन जोडदा थप चार विकेट गुमायो मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । अन्तत मलेसिया ५५ रनमा अलआउट भयो । मलेसियालाई सस्तैमा अलआउट गर्न शुर्य तामाङले चार तथा प्रतिश जिसीले तीन विकेट लिए । आजै भएको अर्को सेमिफाइनलमा सिंगापुरले हङकङलाई आठ विकेटले पराजित गरयो । उपाधिका लागि नेपालले सिंगापुरसंग खेल्नेछ ।

English
MTV NEPAL MTVNEPAL


