अर्थतन्त्रमा थला पर्दै नेपाल, व्यापार घाटा ११ प्रतिशत वृद्धि

१ पौष । चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा प्रतिशतले बढेको छ। भन्सार विभागले चालू आवको कात्तिक मसान्तसम्म तीन खर्ब १० अर्ब रुपैयाँ व्यापार घाटा भएको जानकारी दिएको छ । निर्यातको तुलनामा आयात उच्च भएका कारण व्यापार घाटा चुलिएको हो। यो अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब रुपैयाँको सामान आयात र २६ अर्ब ३७ करोडको सामान निर्यात गरेको छ। आयात व्यापारमार्फत सरकारले यो अवधिमा ८६ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यो अवधिमा एक सय २७ देशसँग व्यापार गरेको नेपाललाई १९ देशसँग मात्र व्यापार नाफा भएको छ। नेपालले यो अवधिमा ४५ अर्ब ५८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। यसका अलावा बिजुलीका सामान, गाडी, फलाम र स्टिलको कच्चा पदार्थको आयात उच्च छ।नेपालबाट चिया, कफी, ऊनी गलैंचालगायत सामान निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा नेपाललले तीन खर्ब एक अर्ब रुपैयाँको सामान आयात गरेको थियो। नेपालबाट २४ अर्ब ४९ करोडको सामान निर्यात भएको थियो। आयातमा आएको वृद्धिसँगै आयातनिर्यात अनुपात पनि यस अवधिमा भारतबाट मात्रै दुई खर्ब १८ अर्ब रुपैयाँको सामान आयात भएको छ। नेपालबाट भारतमा भने १४ अर्बको समान निर्यात भएको छ। नेपाल र भारतबीचमा मात्रै दुई खर्ब चार अर्ब रुपैयाँको व्यापार घाटा भएको देखिन्छ।

चीनसँग ४२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ। यो अवधिमा चीनबाट ४३ अर्ब एक करोडको सामान आयात र ६९ करोड रुपैयाँको सामान निर्यात भएको छ। गत आवमा व्यापार नाफामा रहेको अमेरिकासँग चालू आवको पहिलो चार महिनामा चार करोड ७२ लाखको व्यापार घाटा भएको छ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com