५ मिनेटको प्रस्तुति वापत् प्रियंकाले कति कमाउलिन्?

१ पौष । बलिउड अभिनेत्री प्रियंका चोपडाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । सो कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ । भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यस अनुसार उनले पाँच मिनेटको पाँच करोड पाउनेछिन् ।

प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ । यसअघि आइफा अवार्डमा पनि उनी नाच्ने चर्चा चलेको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेपछि नाचिनन् । प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com