पत्ता लाग्यो सूर्य जस्तै ८ ग्रहले घेरिएको तारा

२९ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको तारा पत्ता लगाएका छन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्तालगाएका हुन् । यो सौर्यमण्डल बाहिर भेटिएको अहिलेसम्मकै ठूलो प्लानेटरी सिस्टम (ग्रह प्रणाली) हो । केप्लर–९० नाम गरेको यो तारा सूर्य भन्दा केही ठूलो र तातो छ । अन्तरिक्ष अनुसन्धानकर्ताले केप्लर–९० का सातवटा ग्रह यसअघि नै पत्तालगाएका थिए ।

अहिले नयाँ पत्तालागेको ग्रह सानो रहेको र चट्टानले भरिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । गुगलमा सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्ने र अनुसन्धानमा संलग्न रहेका वैज्ञानिक क्रिष्टोफर शालुइले सौर्य मण्डलमा जत्तिकै ग्रह रहेको केप्लर–९० नै पहिलो तारा हो ।

नासाको केप्लर स्पेस टेलिस्कोपबाट प्राप्त जानकारी तथा प्रमाणको अध्ययनबाट केप्लर–९० को मण्डलमा रहेको नयाँ ग्रह पत्तालागेको हो । नयाँ ग्रह केप्लर–९० भन्दा २ हजार ५ सय ४५ प्रकाश वर्ष पर रहेको छ । तर यसको ग्रह प्रणाली सौर्यमण्डलको जस्तै भएको अनुसन्धानकर्ताले जानकारी दिएका छन्

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com