सहनै नसक्ने जाडो भएपछि विद्यालय फागुनसम्म बन्द हुने, के गर्लान् विद्यार्थीहरु?

२९ मंसिर । जाडो बढेपछि हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछिमात्र सन्चालनमा आउने जानकारी दिए ।

शिक्षा नियमावलीमा ५० दिनमात्र जाडो बिदाको प्रावधान भएपनि माथिल्लो मनाङमा करिब तीन महिना र तल्लो मनाङमा दुई महिना विद्यालय बन्द हुने गर्छन् । बाह्रै महिना हिउँ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयमा मुस्किलले ६ महिनामात्रै पढाइ हुने गरेको स्थानीय बताउँछन् । चार गाउँपालिका रहेको मनाङमा चारओटा माध्यमिक, सातओटा आधारभूत, १४ ओटा प्राथमिक र एक निजी विद्यालय छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com