माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते

२९ मंसिर । तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माइक्रोबसले उछिन्नेक्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुवै बसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com