३ पुुस । नेपाल दूरसंचार प्राधिकरणले गरेको एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा अन्तिम दिन आइतवारसम्म ५ वटा विदेशी कम्पनीले आवेदन दिएको जनाएकोे छ । जसमध्ये दुइओटा अमेरिकन कम्पनी रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानाकारी दिएका छन् ।
अमेरिकन कम्पनी एटीसी एसिया प्यासिफिक प्रालि र अमेरिकन कम्पनी टिल म्यान एसिया एलएलसी हुन्। यस्तै लेबनन् कम्पनी आई इन्जिनियरिङ, एसएएल, मलेसियन कम्पनी ओसीके ग्रुप बरहार्ड र अफ्रिकन कम्पनी बिल्यु ओसन नेर्टोक लिमिटेडले पनि आवदेन दिएका छन्।
प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा कम्पनीलाई लाइसेन्स दिन यही मंसिर ७ गते कानुन बमोजिम योग्यता पुगेका कम्पनीबाट बोलपत्र आह्वान गरेको थियो। त्यसमा अमेरिकन टावर कम्पनी, डीटीसीलगायत आठ कम्पनीले नेपालमा एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन आरएसए डकुमेन्ट खरिद गरेका थिए। आठ वटा कम्पनीले आरएसए डकुमेन्ट खरिद गरेको भए पनि बोलपत्रमा भने पाँच कम्पनीको आवेदन परेको छ।

English
MTV NEPAL MTVNEPAL


