प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि माओवादी केन्द्रको बैठक आज पहिलो पटक बस्दैछ । मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको भुसालको भनाई छ । यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

English
MTV NEPAL MTVNEPAL


