३ पुुस । कन्चनपुर र डोटीका २ सय ९३ आप्रवासी घरपरिवारका कामदारलाई आयमुलक पेशामा संलग्न हुन सहयोग गर्ने भएको छ । भारत र खाडी देशमा गएका कामदारका घरपरिवारलाई व्यवसायमा संलग्न गर्ने जनाएको छ । एडब्ल्युओ इन्टरनेशनलको सहयोगमा निड्सले सञ्चालन गरेको सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तर्गत २ सय ९३ जना आप्रवासी परिवारका लागि आयआर्जनमूलक व्यवसायमा सहयोग गरिने संस्थाका बरिष्ठ कार्यक्रम संयोजक प्रकाशचन्द्र मडैले बताएका छन् ।
आयआर्जनमूलक व्यवसाय छनौट, सम्बन्धित व्यवसायका लागि प्राविधिक तालिम र आर्थिक सहयोग गर्ने योजना बनाएको बताउदै उनले त्यसका लागि स्थानीयसँग साझेदारी गर्ने पनि बताएका छन् । सानो लगानीबाट आयमूलक व्यवसायमा जोडिने आप्रवासीका परिवारलाई प्राथमिकतामा राखेर सहयोग गरिने संस्थाले बताएको छ ।

English
MTV NEPAL MTVNEPAL


