यहि फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान ११० जनाको टोलिसहित नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना हुन लागेको हो । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु रहनेछन् । सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् । कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा देखिने छन् ।
टुँडिखेलमा आयोजना हुने शोमा नेपाली कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । आयोजकका अनुसार कार्यक्रममा गायकद्वय राजेश पायल राई र विजय लामा तथा नायिकाद्वय सुश्मा कार्की र माला लिम्बुको प्रस्तुति रहनेछ ।
कार्यक्रममा एलआरआई स्कुलका विद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गर्ने तय भएको छ । कार्यक्रमको सुरक्षा लगायका विषयमा अहिले गृहकार्य भइरहेको आयोजक ओडीसी इन्टरनेसनलका सिमान्त गुरुङले जानकारी दिए ।
यो टुरका लागि सलमानको पारिवारिक कम्पनी सोहेल खान प्रोडक्सनलाई ओडीसीले ५ करोड रुपैयाँ दिने सम्झौता गरेको छ । शो को सम्पूर्ण खर्च १३ करोड रुपैयाँ अनुमान गरिएको छ ।
कार्यक्रममा करिब ३० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । टिकटको मूल्य ३ हजारदेखि २० हजारसम्म तोकिएको छ ।
सलमान खान २५ फागुनमा नेपाल आउने कार्यक्रम छ । उनी २७ फागुनमा भारत फर्किनेछन् ।
कार्यक्रममा नेपाली कलाकारको प्रस्तुतिमा दिनेश डिसीले उद्घोषण गर्नेछन् भने भारतीय कलाकारको प्रस्तुतिमा मनिष पलले उद्घोष गर्नेछन् ।

English
MTV NEPAL MTVNEPAL


