सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने

सिरियामा जारी हवाई आक्रमण रुसले दैनिक पाँच घण्टा रोक्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् ।

सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ ।

मंगलबार बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म रुसी सेनाले आक्रमण रोक्ने बीबीसीले जनाएको छ । यसको उद्देश्य लडाइँमा फसेका नागरिकहरुलाई उद्धार गर्नु रहेको समाचारमा उल्लेख छ ।

सीरियाको राजधानी दमास्कसको पूर्वी क्षेत्र गुटामा करिब चार लाख मानिसहरु फसेका छन् ।
सीरियाको अवस्थामा निगरानी गर्दै आएको एक समूहका अनुसार बिगत आठ दिनमा गुटामा अवोध बालबालिकासहित ५५० जनाको मृत्यु भइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com