राजाको आदेशमा साउदिमा उच्च अधिकारीहरु बर्खास्त

साउदीका राजा सलमानको आदेशमा साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ ।

साउदि सरकारले वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको हो । बर्खास्त गर्नुको कारण भने खुलाइएको छ ।

बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको हो ।

यसैबीच साउदी सरकारमा केही उपमन्त्री नियुक्त गरिएको छ । उपमन्त्री हुनेमा तमादुर विन्त युसुफ अल रमाह नामकी एक महिला पनि छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com