लखौँ फ्ुटवल प्रमीको मनमा बसि सकेका नेइमार ले फेरि उत्कृष्ट खेल खेलेर चर्चित भएका छन् । नेइमारको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो ।पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे ।३७ औं मिनेटमा काभानी र ४१ औं मिनेटमा डी मारियाले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ४–० को अग्रता दिलाए ।दोस्रो हाफको ७० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे । चार मिनेटपछि भ्रमणकारी टोली रेड स्टारका मरिनले गोल गरेका थिए ।तर, ८१ औं मिनेटमा नेइमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


