कञ्चनपुर — निर्मला पन्तको हत्यारा पक्राउ अझै परेको छैन । जति जानबिन टोली आए नि हत्यारालाईे पक्राउ गर्ने कोही आएन ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार ७० दिन पूरा भएको छ । यो अवधिमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी अधिकारी अनुसन्धानका लागि यहाँ आए । अनुसन्धानका लागि दबाब दिन नियमित आन्दोलन पनि चलिरहेकै छ ।तर अहिलेसम्म पनि प्रहरीले वास्तविकता नजिकमा पुगेर अपराधी फेला पार्न सकेको छैन । साउन ११ गते भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा निर्मलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोक्यो । त्यसपछि कञ्चनपुरका मात्रै नभई सुदूपश्चिमभरिका स्रोतका अनुसार अनुसन्धानका नाममा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आफू अनुकूलका व्यक्तिलाई यहाँ बोलाएका हुन् ।शव भेटिएको दोस्रो दिन केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटियो । यही टोलीले घटनाका मुख्य दोषीका रूपमा भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गर्यो । उनी पछि डीएनए नमिलेर हिरासत मुक्त भए । भदौ ७ मा गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकीन्द्र खड्कालाई काठमाडौं तान्यो । घटनाको अनुसन्धानका लागि एसपी कुवेर कडायत र डीएसपी कृष्णराज ओझालाई यहाँ पठाइयो ।अनुसन्धानका क्रममा भएको लापरबाही र आन्दोलनमा भएको बल प्रयोग तथा सरकारी सम्पत्तिको क्षतिको विवरण संकलनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्यो । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआईजीसँगै प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य थिए । ‘अनुसन्धानमा लापरबाही भएको छ, केही न केही भएरै जनता भदौ २२ गते राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागी हुन यहाँ पुगेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत अनुसन्धानमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए । । सरकारले हत्यारालाई सार्वजनिक नगरेको भन्दै उनीहरूले बुधबार डेढ घण्टा सडक जाम गरेका हुन् । लम्की चुहा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयबाट भेला भएका बालिकाले निर्मला हत्यामा संलग्नलाई पक्राउ नगरिएकाले जताततै बालिका असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

English
MTV NEPAL MTVNEPAL


