वैदेशिक रोजगारमा जानेलाई अब पासपोर्ट फ्रि ?

काठमाडौँ –वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारलाई फ्रि भिषा र टिकट लगतै अर्को नयाँ खबर आएको छ । अब अचम्म मान्नु पर्दैन वैदेशिक रोजगारमा जाने कामदारलाई जुनसुकै मुलुकमा जान फ्रि पासपोर्ट पनि उपलब्ध गराउने माग वैदेशिक रोजगारको व्यावसायी संघले गरेको छ । सघंले सरकारलाई अर्का देशमा फ्रि भिषा मात्र खोज्दै हिड्ने तर आफ्नै राज्यले  ,आफनै नागरिकलाई फ्रि राहदानी उपलब्ध गराउन नसक्ने भन्न विषयमा औंला उठाएको छ ? राज्यले फ्रि भिषा र टिकट लागू गरी जनताको आर्थिक बार घटाउन सक्छ भने – अब फ्रि राहदानी उपलब्ध किन गराउन सक्दैन ? विदेशमा जाने अनि उत्ता चाँहि सबै सँग फ्रि भिषा टिकटको माग गर्ने    यो सरकारले , तर आफ्नो मुलुकमा चाँहि पैसा तिनुपर्ने ?  नेपालमा यहाँ यस्तो छ , एक महिना लाग्ने हो भने रु ५,००० तिरेर राहदानी बनाउनु पर्छ । एक्प्रेस राहदानी बनाउनु पर््यो भने ,रु १५००० हजार लाग्छ । त्यो पनि दुर्गम ठाँउबाट आउने व्यक्तिलाई कति सकस बोकेर आउनु पर्छ । पैसा भए हरेक कुरा सम्भव छ नत्र विकल्प छैन । किन आ–आफना क्षेत्रमा यो राहदानी उपलब्ध गराउन सक्दैन सरकारले ? यसको मतलब के हो ? कुन व्यापार चलाईरहेको छ सरकारले ? सरकारले फ्रि भिषा र टिकट मात्र गर्नु एउटा काम होइनहोला । नागरिकलाई सहज र सुविधा दिने अर्को काम पनि सरकार कै हो । वैदेशिक रोजगार व्यावसायी सघंले योे विषयलाई आफुले बडा गम्भीर रुपले लिएर यो विषय राखेको हो । तर यो कुरा वैदेशिक रोजगार व्यावसायी मात्र नभएर बुद्धि जिवि नागरिक सामाज र आम सर्वसाधारणले ध्यानार्कषण गर्नु पर्ने विषय हो । यहि कुरालाई समावेश गरि वैदेशिक रोजगार संघले नेपाली जनताको हकं हितको लागि यो कुरा उठाएको छ । २०७५ मङ्सिर २५ सम्म आफ्नो माग पूरा नभए अनिश्चिित आन्दोलन गर्ने सघंको तर्फबाट कार्य समितिमा रहनु भएका एक सदस्यले बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com