चर्चित फुटवल खेलाडी रोनाल्डोलाई बलात्कारको आरोप :

लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ ।क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् ।तर, लस भेगस प्रहरीका अनुसार यो मुद्दामा कोही संदिग्ध थिएन र २००९ मै अनुसन्धान पुरा भइसकेको थियो । ‘रिपोर्ट लिने बेला पीडितले घटना विवरण जानकारी गराएकी थिइनन्, प्रहरीले भनेको छ, २०१८ सेप्टेम्बरमा यो फाइल फेरि खोलिएको छ र हाम्रा अधिकारी प्राप्त सूचनालाई पछ्याइकेका छन् ।’क्याथरिनले लस भेगास प्रहरीमा त्यसबेला नै उजरी पनि दिएकी थिइन् । तर, २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा यो विषयलाई बाहिर नल्याउने सहमति भयो । उनका कानुनी सल्लाहकार अब यो सहमतिलाई अस्वीकार गर्ने बाटो खोजिरहेका समाचार जर्मन एक पत्रिकाले हालै मात्र छापेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com