नौबिसे–नागढुंगा सडक घण्टौ जाम ः

काठमाडौँ — हाम्रो देशमा प्रय दय खाडीहरुको जाम नै रहेको हुन्छ । काठमाडौँ बाहिर त कहिले त जाम मै बसिरहनु पर्छ ।नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए ।छिटो अस्पताल पुग्न छिमेकी प्रदीप भण्डारीको गाडीमा अघिल्लो दिन बिहान ६ बजे हिँडेका उनी भोलिपल्ट बिहान गाडीभित्रै छटपटाइरहेका थिए ।काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रायस् जाम भइरहन्छ । तर, अहिले अरू बेला जस्तो छैन । रातभरि गाडी बाटामै लाम बसेका छन् । मर्मतका लागि सडक एकतर्फी गरिएपछि रोकिएका गाडीको लस्कर मंगलबार ३० किलोमिटर लामो भएको थियो । भण्डारी यसकै मारमा परेका हुन् । ‘बल्लबल्ल दाउन्नेको जाम छिचोलेर आइयो तर काठमाडौँ पुग्न सकिएन,’ भीमलालका छोरा श्यामले भने, ‘रातभर गाडीमै बस्नुपर्यो, खाना खाने ठाउँसमेत पाइएन । बिरामी बुबालाई १० घण्टासम्म सडकमा बस्नुपर्दा साह्रै गाह्रो भयो ।’काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रायस् जाम भइरहन्छ । तर, अहिले अरू बेला जस्तो छैन । रातभरि गाडी बाटामै लाम बसेका छन् । मर्मतका लागि सडक एकतर्फी गरिएपछि ३० किलोमिटरसम्म जाम हुन थालेको छ । राजधानी हिँडेका यात्रु भोलिपल्ट मात्रै आइपुगेका छन् । बिरामीहरूको बिजोग भएको छ ।भैरहवाबाट १२ जना यात्रु लिएर हिँडेका माइक्रो बसचालक अर्जुन तिवारी पनि यही जाममा फसे । ‘हिजो साँझ ८ बजे झ्याप्ले खोला आइपुगेको थिएँ,’ बुधबार बिहानसम्म जाम खुल्ने प्रतीक्षामा रहेका उनले भने, ‘रातभरि न मैले खान पाएँ न यात्रुले । दसैंको मुखमा पिच गरेर हामीलाई किन यस्तो बिजोगमा पारेको होला रु’मंगलबार साँझ नौबिसेबाट उकालो लागेका गाडी राति १२ बजे बल्ल नागढुंगा आइपुगेका थिए । ८ बजेभन्दा पछि आइपुग्ने गाडी बिहानसम्म पनि बाटैमा थिए । नौबिसे–नागढुंगा खण्डमा खासै होटल छैनन् न त प्रशस्त खानेकुराका पसल । जामको हेक्का नभएकाले प्रायस् यात्रुले खानेकुरा बोकेका थिएनन् ।रातभर सडक खुल्ने आसमा गाडीमा बसेका यात्रु बिहान आक्रोशित थिए । ‘चाडबाडकै बेला यसरी सडक रोकेर किन पिच गर्नुपरेको रु’ धेरैको प्रश्न थियो, ‘हामीले कहिलेसम्म यस्तो कष्ट सहने रु सडकमा भोकभोकै कहिलेसम्म बस्नुपर्ने हो रु’असार सुरुमा ठेक्का लागेको थियो, असार मसान्तमै सक्नुपर्ने गरी । ‘बर्खाका कारण पिच गर्न सकिएन,’ तामाङले भने, ‘त्यसैले असोज मसान्तसम्म सक्ने गरी म्याद थप गरिएको छ ।’ अहिले पनि जामले गर्दा पिच गर्न समस्या भएको उनले बताए । असोज मसान्तसम्म म्याद भए पनि दसैंमा घर जाने यात्रुले चिल्लो पिचमा गुड्न पाउने उनले दाबी गरे । एक साताका लागि यो सडकमा राति ८ देखि ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com