हेटौँडा सिमेन्टले पनि बढायो मूल्य, उपभोक्ताले प्रतिबोरा १०० बढी तिर्नुपर्ने

-सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।
उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा रु ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।  प्रतिबोरा रु १० कमिशन दिँदै आएकामा अब रु १५ पु¥याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा रु ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले रु ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । रु ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् ।  शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो । रासस

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com