महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसका तीन शीर्ष नेता एक ठाउँ भेला भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी गोप्य छलफलमा जुटेका छन् । महाराजगञ्जस्थित एक होटलमा तीन नेताबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीको पराजय र सभापति शेरबहादुर देउवाको कार्यशैलीका बारेमा छलफल भएको हो । छलफलमा आगामी दिनमा एक भएर जाने विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध युवा नेताहरुसमेत छलफलमा रहेका बेला प्रभावशाली तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि पार्टी सभापति देउवाको आलोचना भइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


