मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रै सक्न निर्देशन

३० पुस, काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहृामेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।

सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो । आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन ।

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत् गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ ।

१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण,सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ ।

आयोजनाबाट वाषिर्क वाषिर्करुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वाषिर्करुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com