स्टोक सिटीलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

काठमाडौं, पुस १६ ।  इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा स्टोक सिटीलाई ५–० ले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रोड्रिगर, पेड्रो, विलियन, ड्यानी र जापाकोष्टाले गोल गरे ।
लिगको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको हो । यो जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ ।
प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २–१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि समान २–१ कै जित निकालेको छ ।

स्वान्सी पिसटीले वाट्फोर्डलाई उसैको मैदानमा २–१ ले हराउँदा हडर्सफिल्ड टाउन र बर्नले तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनल भिड्नेछन् ।

आइतबार, १६ पुष, २०७४ मा प्रकाशित,

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com