शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २८ । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।
अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५–० ले जित्यो ।
बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे ।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६–० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो ।
गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।
स्पेनिस किङ््स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।

English
MTV NEPAL MTVNEPAL


