बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ । सल्लाबोट–२,लमजुङ स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो ।
क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड््युटी सकेर कपडा परिवर्तन गर्दै गर्दा रेष्टुरेन्टमा हृदयघात भएको थियो ।
श्रीमतीलगायत घर–परिवार नेपालमा रहेकाले शव व्यवस्थापनका लागि यहाँस्थित नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


