के तपाईलाई थाहा छ ? हामीले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुने गरेको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा पनि तपाईले उपयोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुनेगरेका समाचारहरु हेर्नु÷सुन्नु भएको होला ।
के खाने कुरामा के मिसाएको हुन्छ त हेर्नुहोस् ….
दुध : दुध नेपाली भान्सामा अत्यावश्यक मानिन्छ । बच्चादेखि वृद्धसम्मका लागी दुध अत्यावश्यक पेय पदार्थ हो । खान मात्रै होईन अन्य घरायासी काममा पनि दुधको प्रयोग हुन्छ । तर त्यहि दुधको नाममा हामीले विष सेवन गरिहेका छौं भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर यो साँचो कुरा हो ।
विशेष गरि यदि तपाई प्याकेटको दुध प्रयोग गर्नुहुन्छ भने तपाई सचेत रहनुहोला । किनकी सबैभन्दा बढी मिसावट प्याकेटको दुधमा हुने गरेको छ । प्याकेटको दुधमा नाइट्रोजनको प्रयोग गर्ने गरेको पाइएको छ । जसले दुधलाई बाक्लो बनाउन मद्दत गर्दछ । एक लिटर दुधलाई पाँच लिटर बनाए पनि उत्तिनै बाक्लो देखिन्छ ।
त्यस्तै दुधलाई चम्किलो बनाउन दुग्ध व्यवसायीले हामीले भाडाँ माझ्नको लागी प्रयोग गर्ने डिटरजेन्ट समेत प्रयोग गरेको पाइएको छ ।
दुध नफाटोस् र न गनाओस् भनेर ठुला ठुला हस्पिटलहरुमा लास नगनाउनका लागी प्रयोग गरिने केमिकल प्रयोग गरेको पाइएको छ ।
दुधमा प्रयोग गरिने केमिकलहरुमा युरिया, भेजिटेबर आयाल, आल्मोनियम सल्र्फट ,सिन्थेटिक एन्टिबायोटिक्ससंगै किटनाशक औषधि ,लाटक्सिन एम १, ,रंग, वासिङ्ग पाउडर मिसाउने गरेको पाईएको छ ।
यी केमिकलको असर
दुधमा प्रयोग गरिएका यस्ता केमिकलहरुले हाम्रो शरिरमा स्लो पोईजनको रुपमा काम गरिरहेको हुन्छ ।
मिसावटयुक्त दुधले स–साना बच्चाहरुको कलेजो ,मिर्गौला तथा दिमागमा असर गर्ने चिकित्सक बताउँछन् । वयस्क मानिसलाई मृर्गौलामा असर गर्ने गर्दछ । यदि तपाईले लगातार १० वर्षजति प्याकेटको दुध प्रयोग गर्नुभयो भने यो मिसावटको असर भयानक रुपमा देख्नुहुन्छ ।
त्यति मात्र होइन एक पटक प्याकेटको दुधमा दिसामा पाईने जिवाणु “कोर्लिफिम” समेत मिसाएको समेत पाईएको थियो ।
तेल : हाम्रो भान्सामा अत्याधिक प्रयोग हुने अर्को तरल पदार्थ हो तेल । नेपाली भान्सामा तेल बिनाको खाना अपुरो नै मानिन्छ । दाल झान्न होस् या तरकारी पकाउन , अचार बनाउन होस् की अन्य पकवान बनाउन तेल चाहिन्छ चाहिन्छ । यसरी अत्याधिक प्रयोग हुने तेलमा पनि मिसावट हुन्छ भन्दा अलि अचम्म लाग्न सक्छ , तर यो साँचो हो तेलमा पनि भरपुर मिसावाट गर्ने गरिन्छ । हामीलाई शुद्ध तोरीको तेल भनेर चर्को मुल्य लिईदा हामीले चाल पाउदैनौ कि त्यहाँ तोरीको नाममा पाम आयल तथा सोयाबिन तेल मिसाईन्छ । खानेतेलका रुपमा पाईने विभिन्न चर्चित ब्राण्डका तेलमा पनि केमिकलको प्रयोग गर्ने गरिन्छ । तेलमा पनि यस्तो केमिकल मिसाईन्छ जस्ले एक लिटर तेललाई पाँच लिटरर बनाउँदा पनि तेलको रंग र बाक्लोपनामा कुनै फरकपना पाईदैन । त्यत्ति मात्रै होइन यसलाई प्रयोग गरिएको तेललाई फेरि नयाँ प्याकेजिंग गरेर बजारमा ल्याउदा पनि हामी चाल पाउँदैनौ ।
हामी कतिलाई स्ट्रिट फुडहरु असाध्यै मनपर्छ । ठुलाठुला रेष्टुरेण्ट भन्दा स्ट्रिट फुडमा नेपालीको वास्तविक स्वाद ( ट्वाक्क नुनिलो पिरो ) हुने भएकाले प्रायलाई स्ट्रिट फुड असाध्यै मन पर्छ तर हामी मध्ये धेरैलाई थाहा छैन की त्यहाँ प्रयोग गरिने तेल पाँच छ पटकसम्म ( पाँच तारे होटल, विभिन्न रेष्टुरेण्ट , पार्टी प्यालेस, ठुलाठुला खाजाघर )प्रयोग भईसकेर मात्र त्यहाँसम्म पुग्ने गर्छ भनेर ।
बेसार : बेसार नेपाली खानाको सुन्दरता मानिन्छ । पहिले पहिले गाउँघरमा मानापाथीका रुपमा हामीले बेसारको बिक्रि देख्थ्यौ । थोरै हाल्दा पनि गाढा कलर आउँथ्यो तर अहिले त्यसरी मानापाथीमा बेसार खरिदबिक्री हुने दिन गए … अहिले बजारमा आकर्षक प्याकेजिङ्गमा हामी बेसार किन्छौं तर तपाईले महशुष गनुभयो होला जति हाल्दा पनि त्यसले खानामा पहिलाको जस्तै खासै सुन्दरता ल्याउँदैन ।
पहिलेपहिले हाम्रो पुर्खाहरुले खानाको लागी मात्रै होईन औषधीको रुपमा समेत बेसार प्रयोग गर्नुहुन्थ्यो तर अहिले त्यही औषधी बेसारलाई नै विष बनाउँदै लगिएको छ । परिमाण बढाएर अत्यधिक मुनाफा कमाउन अहिले “मेटानिल येलो”नामक बिषाधी प्रयोग गर्ने गरेको पाईन्छ । यस्तै केसरी नामक वनस्पति धुलोको प्रयोग पनि प्रयोग गरेको पाईन्छ ।
चिउरा : विषेश गरि नेपाली खाजाको रुपमा अत्याधिक प्रयोग हुने चिउरामा पनि मिसावट हुने गरेको छ । चिउरामा त्यसकै रंग र आकारका ढुंगा र ग्रेन , किरिकिरि मिसाउने गरेको पाइएको छ ।
मसलामा मिसावट
खानालाई अझ स्वादिलो बनाउन हामीले विभिन्न मरमसला प्रयोग गर्ने गर्छौ । पहिले पहिले गाउँघरमा आफ्नै बारीको लसुन अदुवा टिमुर,जिरा लगायतका सामागी सिलौटामा पिसेर ताजा मसला बनाएर खानामा प्रयोग गरिन्थ्यो । जसको स्वाद बेग्लै हुन्थ्यो । तर अहिले ती सबै मरमसलालाई सहज रुपमा बजारमा उपलब्ध गराईएको छ । पहिले जसरी सिलौटामा पिस्नै पर्दैन । पुर्ण तयारी अवस्थामा हामीले खरिद गर्न सक्छौं । प्रयोग गरिरहे पनि तपाईलाई पक्कै लाग्दो हो पहिलाको जस्तो स्वाद खानामा किन आउँदैन ? मिसावटले हो भन्ने हेक्का राख्नु भने भएको छैन होला ?
तर अहिले हाम्रो भान्सारमा प्रयोग हुने मरमसलामा पनि मिसावट हुने गरेको छ ।
मरमसलामा विभिन्न अखाद्य वस्तु तथा रंग मिसाउने गरेको पाइएको छ । यस्तै पिसेको खुर्सानी र जिरामा काठको धुलो समेत मिसाउने गरिन्छ ।
तरकारीमा हुने मिसावटका बारेमा अलिअलि भएपनि लगभग सबैलाई जानकारी छ नै …तर फलफुलमा पनि उस्तै मिसावट हुने गरेको कुरा थाहा नहुन सक्छ …
फलफुल
स्याउ : स्याउलाई बढी रातो र आर्षक बनाउन “स्याकरिन”को प्रयोग गरिन्छ भने “वेक्स्ड” नामक केमिकलले पनि आकर्षक बनाउने गर्छ ।
यस्तै स्याउलाई चम्किलो बनाउन मैन तथा मैनजन्य पदार्थको झोलमा डुबाउने गरेको समेत पाईएको छ ।
केरा : नेपालमा धेरै खाईने फलफुल मध्ये केरा पनि एक हो तर अहिले केरामा पनि “कार्बाइड” नामक केमिकल मिसाईन्छ । यो विषादि मिसाएका केरा हेर्दा आकर्षक देखिएपनि छाम्दा अस्वभाविक र कम बास्नादार हुने गर्दछ ।
यसरी हामीले आधुनिकताको नामले आफ्नै मृत्युको बाटो त रोजिरहेका छैनौं ? पहिले पहिले हामी गाईवस्तु पाल्थ्यौं ,आफ्नै खेतबारीमा अन्न फलाउँथ्यौं अनि ताजाताजा खाने कुरा खान्थ्यौं । अझैं पनि गाउँघरमा हेर्ने हो भने हाम्रा बाबुबाजे ८०÷९० वर्षको उमेरमा पनि आफै हिडडुल गर्न सक्नुहन्छ । पहिले खाएको ताजा खानेकुराले अहिलेसम्म उहाँहरुलाई स्वस्थ राखिराखेको छ । तर अहिले हाम्रो आधुनिक पुस्तालाई हेर्नुहोस् त … अलि कति केहि भयो भने पनि औषधी खानुपछै , हस्पिटलकै भर पर्नुपर्छ । आयातित खानेकुरा खानु , आयातिति पहिरन लाउनु , गाउँका खेतबारी बाँझै राखि शहरमा नुनदेखि सुनसम्म किनेर खानुलाई आफ्नो शान ,ईज्जतको रुपमा लिन्छौं हामी । यसरी मिसावट युक्त खानेकुरा खाएर हाम्रो शान रहन्छ त ? यस्ता आयातित वस्तुलाई पुर्ण रोक लगाई आफ्नै खेतबारीमा अर्गानिक उत्पादन गरि हामी जिविकोपार्जन गर्न सक्दैनौं र ?

English
MTV NEPAL MTVNEPAL


