पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध हुँदा बाढीको उच्च जोखिममा बर्दिया ,,अधिकांश क्षेत्र जलमग्न बने

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर–अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

उता बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनिक छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । अहिले बर्दियाका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com