दुई जिब्रे सरकार…एकातिर विदेश पठाउन हस्ताक्षर ,अर्कोतिर नेपालमै नर्स रोक्ने दृढता

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भयो । कार्यकालको १०० दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् । उनले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । यसलाई रोक्न सरकार लागि पर्छ ।’

केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उनले बताए । उनले नयाँ संकल्पसहित नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताए ।

प्रधानमन्त्रि प्रचण्डले यस्तो भनिरहँदा केहि महिना अघि नेपाल सरकार र बेलायत सरकारबीच नेपालबाट नर्स पठाउने भन्ने सहमतिकोस्मरण गरायो । जुन सहमतिमा पहिलो चरणमा नेपालबाट सय जना नर्स बेलायत पठाउने र यो सफल भएपछि क्रमश अरु संख्यामा नर्स पठाइने कुरा उल्लेख गरिएको छ । यसका लागी सरकारद्धारा आवेदन पनि माग गरिएको थियो जस अन्तर्गत छनोटको प्रक्रिया पनि अहिले चलिरहेको छ ।

प्रधानमन्त्रिको अभिव्यक्तिले एकातिर नेपाली शिक्षित वर्गलाई स्वयंम राज्यले नै विदेश पलाएन हुन प्रेरित गरिरहेको छ भने अर्कोतिर फेरि सस्तो लोकप्रियताको लागी नेपालमै रोक्ने वातावरण बनाउने भनेर आश्वासन बाँडिरहेको छ । आखिर सरकारले के चाहिरहेको छ ?
यस्तो अभिव्यक्तिले बाहिर पलायन हुन चाहानेका लागी केहि फरक नपेर पनि आफ्नै देशमा बसेर केहि गर्छु भन्ने युवालाई कति अन्योलतामा पारिरहेको छ भन्ने सरकारलाई हेक्का छैन । हरेक पटक भाषणमै सिमित हुन्छन् यस्ता वाचाहरु , कार्यान्वयको अत्तोपत्तो हँदैन ।
अहिले लाखौं शिक्षित युवाहरु अवसरको खोजीमा विदेश पलायन भईरहेका छन् । यता देशमा भने आवश्यक जनशक्तिको अभाव छ । दुरदराजका नागरिकले एउटा सिटामोल सम्म खान पाएका छैनन् । हस्पििटल देख्न नपाई सुत्केरिको बाटोमा ज्यान जान्छ । नावालक शिसुले संसारमा पाईला टेक्न नपाई अस्ताउनु पर्छ । सरकार भने अझैंसम्म सस्तो लोकप्रियताकै पछि कहिलेसम्म ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com