साफ च्यामपियनसिप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दै,, खेल औपचारिकता मात्रै

साफ च्यामपियनसिप २०२३ अन्तर्गत आज नेपाल र पाकिस्तानबीच खेल हुदँैछ । जुन खेल औपचारिकता मात्रै हो । बैंग्लोरमा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिरिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छन् । दिउँसो साढे ३ बजे शुरु हुने खेलमा नेपालको लक्ष्य सान्त्वना जितसहित प्रतियोगिता सकाउने हुनेछ । कुवेत र भारतसँग सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपालको यात्रा समूह चरणमै सकिएको हो । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको छ ।
पाकिस्तान भारत र कुवेतसँग समान ४–० को अन्तरमा पराजित भएको थियो । समूह ए बाट घरेलु टोली भारत र आमन्त्रित टिम कुवेत दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । यी दुईबीच आजै बेलुका पौने ८ बजे हुने खेल समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com