पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ । आइतबार मात्र जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न शुरु अख्तियारको टोली त्यहाँ पुगेको थियो । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले अनससन्धानका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो ।जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन रहेको थियो । जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो । तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो ।
पशुपति क्षेत्र विकास कोषले भने यसविषयमा निकै हास्यासपद जवाफ दिएको छ । कोषले दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको बताएको छ । सुनचाँदी व्यवसायी महासंघले पनि पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको दाबी गरेको छ ।।

English
MTV NEPAL MTVNEPAL


