प्रकाश सपुतमाथी कसले ग¥योे बोतल प्रहार ?

चर्चित गायक तथा सर्जक प्रकाश सपुतमाथि बोतल प्रहार गरिएको छ । रोमानियमा सञ्चालन भएको एक कार्यक्रममा सांगितिक प्रस्तुति दिने क्रममा प्रकाशमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा प्रस्तुति दिईरहेका उनिमाथि दर्शकदिर्घामा रहेका एक युवकले एक्कासी बोतल प्रहार गरेका हुन । उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । भिडियोमा प्रकाश दर्शकलाई मनोरञ्जन दिन प्रफुल्लित हुँदै गित गाईरहेका देखिन्छन् । दर्शकहरु पनि उनको प्रस्तुतिमा आनन्दित मुद्रामा देखिन्छन् तर एकाएक उनिमाथि एक दर्शकले बियरको बोतल प्रहार गरेका छन । उनले हानेको बोतलले प्रकाशको निधारमा बेस्सरी लागेको देख्न सकिन्छ । एक्कासी चोट लागेपछि प्रकाश निधारमा हात लगाउँदै निकै निराश भएर स्टेजबाट बाहिरिएका देखिन्छन् ।

नेपाली कलाकार माथि दर्शकदिर्घाबाट गरिएको यस्तो आका्रमक व्यवहार यो पहिले भने होइन । यसअघि पनि विभिन्न कार्यक्रममा विभिन्न कलाकारहरुले यस्तो निर्दयी व्यवहार झेलिसकेका छन् । केहि महिनाअघि मात्रै नेपालकै एक कार्यक्रममा प्रस्तुति दिने क्रममा गायिका समक्षिा अधिकारीमाथि केहि दर्शकले ढुंगा प्रहार गरेका थिए । यस्तो व्यवहारले कलाकारहरुलाई निकै निरुतसाहित बनाउने गरेको छ । गायक तथा सर्जक प्रकाश सपुत माथि गरिएको यस्तो व्यवहारका विरुद्धमा अहिले सम्म कुनै पनि निकायबाट त्यस्तो आधिकारिक ध्याननकर्षण भएको कुरा बाहिरिएको छैन ।
तर राष्ट्रका गहनामाथि गरिने व्यवहारले नेपालीको पहिचान कहाँ पुराउला ? आफ्ना पिर व्यथा लुकायर हामीलाई नै मनोरञ्जन दिन दिनरात मेहनत गर्ने कलाकारलाई गर्ने हाम्रो सम्मान यहि हो ? चोर,भ्रष्ट्रचारी नेतालाई फुल माला लाउने हातले एक असल कलाकार माथि गरेको यस्तो अभद्र व्यवहारले गर्दा साँच्चिनै नेपाली सांगिति क्षेत्र मात्रै होईन सबै नेपालीलाई नै लज्जित बनाएको छ ।
सपुतका गलबन्दि, पिर , दोहोरी ब्वयाटल ,बदला बरिलै , सकम्बरि लगायत धेरै चर्चित गितहरु रहेका छन ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com