सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । ‘रेस–३’ नामक नयाँ फिल्मको छायांकनमा व्यस्त बलिउड अभिनेता सलमान खानलाई एक समुहले ज्यान मार्ने धम्की दिएको छ । उक्त समुहको धम्की पछि नयाँ फिल्मको छायांकन रोकिएको छ ।

मुम्बईको गोरेगाउँस्थित फिल्म सिटी स्टूडियोमा जैकलीन फर्नाण्डिजका साथ ‘रेस–३’ को पहिलो गीतको छायांकन चलिरहँदा अचानक स्टूडियोमा प्रवेश गरेको अज्ञात समुहले फिल्मको छायांकन बन्द गर्न माग गरेको थियो । सोही समुहले सलमान खानलाई मार्ने समेत धम्की दिएको फिल्मका निर्माता रमेश तौरानीले पुष्टि गरेका छन् ।

घट्नास्थलमा मुम्बई प्रहरी पुग्नुभन्दा अगाव सो समुह धम्की दिएर फरार भएको थियो । प्रहरीले फिल्मको छायांकन रोक्न लगाएर कडा सुरक्षाका साथ सलमानलाई उनको बान्द्रास्थित घर पुर्याएको छ । सलमानलाई मार्ने धम्की दिने समुह राजस्थानको भएको बताइएको छ ।

राजस्थानका गुण्डा नाइके लारेन्स बिश्नोईले गत बिहीबार सलमान खानलाई मार्ने धम्की दिएका थिए । मुम्बई प्रहरीले सलमानलाई बान्द्राको सडकमा एक्लै नघुम्न सल्लाह दिएको छ । धम्कीपछि सलमानको सुरक्षाका लागि केही प्राइभेट गार्डहरु पनि तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com