चिसो प्रभाबितलाई न्यानो लुगा बाँडदै धुर्मुस सुन्तली

बढ्दो शीतलहरले जनजीवन कष्टप्रद बन्दै गएपछि स्थानीय जनताका राहतका लागि अनेक निकायबाट प्रयत्न हुन थालेका छन् । सोही क्रममा चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सुन्तलीले शीतलहरबाट प्रभावित मधेसका विभिन्न थलोहरुमा पुगेर न्याना कपडाहरु वितरण गर्न थालेका छन् ।

अहिले धुर्मुस शीतलहर प्रभावित मध्यमधेसका ग्रामीण बस्तीहरुमा केन्द्रित छन् । उनले प्रदेश नम्बर २ का रौतहट, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, सिरहा र सप्तरीका शीतलहर प्रभावितलाई न्याना कपडा बाँड्न थालेका छन् ।

बिहीबार मात्रै कलाकार धुर्मुसले रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरका दलित बस्तीमा पुगेर लत्ताकपडा वितरण गरेका छन् । सो बस्तीका सय घर दलित परिवारलाई लुगाकपडा वितरण गरिएको हो । उनले खासगरी मुसहर बस्तीमा लुगाकपडा वितरण गरेका छन् ।

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीका बर्दिबासका घरवारविहीन मुसहरका निम्ति आवास निर्माण गरेको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com