इन्दिरा गान्धीको भूमिका निभाउँदै विद्या बालन

काठमाडौं । ‘तुम्हारी सुलु’ नामक फिल्ममा ‘कमेडी रोल’ निभाएकी बलिउड अभिनेत्री विद्या बालन अव ‘सीरियस’ भूमिकामा देखिने भएकी छन् । उनी भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित ‘बायोपिक’ मा अभिनय गर्ने भएकी छन् । उक्त फिल्मलाई राय कपूर ब्यानरमा सिद्धार्थ राय कपूरले निर्माण गर्न लागेका छन् । फिल्मको कथा सागारिका घोष लेखिरहेकी छन् ।

कथाकार सागारिकाले ट्वीट गर्दै भनेकी छन्, ‘‘मैले आफ्नो पुस्कत लेक्नका लागि राय कपूर प्रोडक्शन र विद्या बालनसँग सम्झौता गरिसकेकी छु । अब मलाई इन्दिरालाई ठूलो पर्दामा हेर्ने प्रतिक्षा गर्नुछ ।’’

विद्या बालनले पहिले नै उक्त फिम्मा काम गर्ने चाहना देखाइसकेकी थिइन् । उनका अनुसार फिल्मको निर्माण पक्षले गान्धी परिवारसँग फिल्म बनाउने अनुमतिको पाइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com